रुसले उत्तर कोरियासँग हतियार खरिद गर्दै

काठमाडौं : रुस–युक्रेन युद्ध लम्बिएसँगै रुसले आवश्यक सैन्य उपकरण उत्तर कोरियासँग किन्ने भएको छ। 

रुसमाथि लगाइएको चौतर्फी प्रतिबन्धका कारण उत्तर कोरियासँग सैन्य उपकरण खरिद गर्न बाध्य भएको अमेरिकाको भनाइ छ।

एक अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्धमा प्रयोग गर्नका लागि मस्कोले पेङयोङसँग लाखौंको संख्यामा रकेट र गोला बारुद खरिदको प्रकृया अघि बढाएको हो।

युद्धलाई लम्बाइ रहेको रुसले उत्तर कोरियासँग हतियार खरिद गर्नु भनेको गम्भीर आपूर्ति अभावको संकेतका रुपमा विश्लेषण गरिएको छ। 

युक्रेनको रक्षा मन्त्रालयले ट्वीट गर्दै सोभियत संघको हतियार क्षमता समाप्त भएको व्यङ्ग्य गरेको छ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP