कपिलवस्तुमा पैसा नलाग्ने टोल फ्रि सेवा संचालन
कोरोना भाइरसको जोखिम हुन नदिन लागू गरिएको लकडाउनको बेला लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन गर्न प्रदेश स्तरमा पहिलो पटक प्रदेश नं ५ सरकारले निशुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । कपिलवस्तुवाट सेवा संचालनमा ल्याईएको हो । लैङ्गिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारका सदस्य वा यसबारे थाहाहुने व्यक्तिले पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१०००४७ फोन गरी खबर गर्न सक्ने छन् ।
सबै जानकारी गोपनीय राखीने गरि सेवाको शुरुवात गरिएको हो । कोरोनाको रोकथाम तथा नियन्त्रण योजना अन्तर्गत जिल्लामा पहिलो पटक सिद्धार्थ सामाजिक विकास केन्द्रमा हटलाईन सेवा सञ्चालनमा आएको हो । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालय, यु.एन.एफ.पीएको सहकार्यमा सेवा संचालनमा आएको हो । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले सेवा शुभारम्भ गर्दै यो कार्य अनुकरणीय रहेको वताउनु भयो ।
सवै नागरिकको पहुँच र समस्या समाधानका लागि कार्य गरिएको हुदा सेवा लिन अनुरोध गर्नु भएको छ । यस सेवाले प्रदेश नं ५ मा हुने लैङ्गिकताका हिंसामा कमि आउने वताउन भयोे ।शनिवार वाहेक आईतवार देखि शक्रवार विहान १० बजेदेखि साझ ५ वजे सम्म सेवा नियमित रुपमा उपलब्ध रहने छ ।
लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भन्ने गरिएको हुदा यस्तो समस्यामा परेका वालवालीका, महिला, तथा आम सर्वसाधारण नागरिकले पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१०००४७ मा सम्पर्क गरि आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने गरि सेवाको शुरुवात गरिएको संस्थाका पुर्व अध्यक्ष पोमनारायाण पौडेलले वताउनु भयो । यसका लागि २ जना मनोसामाजिक परामर्शकर्ताको व्यव्स्थापन गरिएको छ ।
सेवामा आएका समस्या, गुनासाहरुलाई समाधान गरि सहयोग प्रदान गर्नको लागि तालिम प्राप्त परामर्शकर्ताले संवोधन गर्नेछन् । सो सेवावाट कोरोनाभाईरस सम्वन्धी सवै जानकारी तथा समस्या, गुनासा त्यसले पारेका असरहरुहरुको पनि व्यवस्थापन गरिने छ । संस्थाले हटलाईन सेवा संगै कोरोनाविरुद्ध लड्न ५० हजार वढिको आपतकालीन कोष स्थापना गरेको जनाएको छ ।वुद्धअवाज डटकम बाट
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


