लोगोको अनधिकृत प्रयोग भएको भन्दै गैरआवासीय नेपाली संघविरुद्ध उजुरी
पर्वत : लोगोको अनधिकृत प्रयोग गरेको भन्दै ‘गैर आवासीय नेपाली सङ्घ’लाई कारबाही गर्नुपर्ने मागसहित नेपालस्थित नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन परेको छ।
‘नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिका’ ले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई प्रतिलिपि अधिकार हनन सम्बन्धमा आवश्यक कारबाही गरिदिन माग गरेको हो। बिहीबार ‘नन रेसिडेन्ट नेपाली एसोसिएसन, क्यालिफोर्निया अमेरिका’का अध्यक्ष माधव मरासिनीले एक विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली सङ्घ नामक संस्थाले आफ्नो संस्थाको लोगो अनधिकृत रूपमा प्रयोग गरेको भन्दै कारबाही गरिदिन माग गरेका हुन्।
अध्यक्ष मरासिनीले अमेरिकी सरकारको सम्बन्धित निकायमा आफ्नो नाममा ट्रेडमार्क दर्ता (डिसेम्बर २४, २०२१) भई आफू अध्यक्ष रहेको संस्था ‘एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन’ ले प्रयोग गरिरहेको लोगो नेपालस्थित परराष्ट्र मन्त्रालयमा दर्ता भई क्रियाशील ‘गैर आवासीय नेपाली सङ्घ’ नामक संस्थाले अनधिकृत रूपमा प्रयोग गरिरहेको पाइएको र पटक–पटक पत्राचार गर्दा पनि यो क्रियाकलाप नरोकिएकाले आफूहरूको प्रतिलिपि अधिकारको गम्भीर हनन भएको दाबी गरेका छन्।
नेपालको संविधान अनुसार दर्ता भएको संस्थाले कुनै अर्को संस्थाको प्रतिलिपि अधिकार हनन गर्नु प्रतिलिपि अधिकार सम्बन्धी कानुन विपरीत कार्य रहेको भन्दै उनले यसबारेमा सत्य तथ्य छानबिन गरी अब उपरान्त लोगो प्रयोग नगर्नु भनी पत्राचार गरिदिन नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयलाई आग्रह गरेका हुन्।
यस बारेमा नेपालस्थित नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट कारबाही अगाडि नबढे आफूहरू अमेरिकी सरकारको ट्रेडमार्क सम्बन्धी न्यायिक निकायमा उजुरी दिन बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam