साफ यू-१७ : भारतलाई ३-१ गोलले हराउँदै नेपाल समूह विजेता
एजेन्सी । भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो।
२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाए पनि ४५ औं मिनेटमा सरोज दर्लामीले नेपालका लागि बराबरी गोल फर्काए।
लगत्तै खेलको ४९ औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरेपछि खेलमा नेपालले २–१ को अग्रता लियो। त्यसपछि खेलको ६८ औँ मिनेटमा सुभाष बमले अर्को गोल थपेसँगै नेपालले भारतमाथि ३–१ को जित निकालेको हो।
समूह ’बी’ मा रहेका नेपाल र भारत दुवै टोली आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेका थिए। जितसँगै ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ।
नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो भने भारतले पनि भुटानलाई ३–० ले हराएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam