जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर : महासचिव गुटेर्रेस
एजेन्सी । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गनुभएको छ । मनसुनी बाढीबाट प्रभावित लाखौँ मानिसहरूका लागि सहयोग जुटाउन पाकिस्तानको भ्रमण गर्नुभएका गुटेर्रेसले जलवायु परिवर्तनप्रति विश्वव्यापी ध्यान नपुगेको भन्दै त्यसलाई गैर–जिम्मेवारीपनको संज्ञा दिनुभएको छ ।
महासचिव गुटेर्रेसले जलवायु परिवर्तनलाई बेवास्ता गर्नु सामूहिक आत्महत्या बराबर भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गुटर्रेसले आज शनिवार पाकिस्तानको दक्षिणको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।
पछिल्लो पटक लगातारको वर्षाका कारण पाकिस्तानमा आएको बाढी पहिरोले झन्डै १५ सय जनाको ज्यान गएको छ । यस्तै बाढीले कैयौँ हेक्टरमा लगाइएको बालीनाली नोक्सान हुनुका साथै घर, व्यवसाय, सडक र पुलहरू भत्किएका छन् ।
पाकिस्तानले पुनर्निर्माण र मर्मतका लागि कम्तीमा १० अर्ब अमेरिकी डलर खर्च हुने बताएको छ । पाकिस्तानले तत्काल तीन करोड ३० लाख प्रभावितका लागि खाद्यान्न आवश्यक भएको जनाएको छ । पाकिस्तानमा हरेक वर्ष मनसुनी वर्षाका कारण ठूलो जनधनको नोक्सानी हुने गरेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam