वीरेन्द्रभक्त गजुले दोस्रो पटक छेडे जिब्रो
काठमाडौं : भक्तपुरमा गएराति जिब्रो छेड्ने जात्रा मनाइएको छ। येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा जिब्रो छेडेर जात्रा मनाइन्छ।
स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात जिब्रो छेड्ने जात्रा थिमिमा भव्य रूपमा मनाइएको हो। गएराति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजु श्रेष्ठले दोस्रोपटक जिब्रो छेडाएका छन्।
जिब्रो छेड्ने मान्छे दिनभरि निराहार बस्ने र कसैसँग नबोल्ने परम्परा छ। बालकुमारीबाट पूजा गरेर आएपछि अर्ध चन्द्रमा आकारको महादिप बनाइन्छ।
बेलुकी बालकुमारीदेखि दिगुभैरवसम्मका मन्दिरमा परिक्रमा हुन्छ र बत्ती दिइन्छ। त्यसपछि राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरी देवतालाई साक्षी राखेर जिब्रो छेड्ने चलन छ। जिब्रो छेड्ने व्यक्तिमा दैवीशक्ति प्राप्त हुने जनविश्वास छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam