तातोपानी नाका नखुल्दा व्यापारीको बिचल्ली, दशैँको सामान अलपत्र
काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्।
आइतबार मन्त्रालयमा हिमालपारि व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री खड्काले नाका सहज रूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग कुरा गरिरहेको बताएका हुन्।
उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाए। दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए।
उनले सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मंगलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उनीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताए।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चान्सु सोमवार ४ दिने नेपाल भ्रमणमा आउँदैछन्।
‘चाँडो भन्दा चाँडो आयात निर्यातको खुला गर्ने कुरा गरिरहेको छु। यो चापलाई जतिसक्दो चाँडो खुलाउनुपर्यो भनिरहेको छु। भोलि चिनियाँ राष्ट्रिय कांग्रेसका सभामुख नेपालको तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ’, उनले भने, ‘यसबारेमा मसँग पर्सि शिष्टाचार भेटको कार्यक्रम छ, त्यो बेलामा पनि म भनौँला। यसलाई म तदारूकताका साथमा दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने हिसाबले पहल गर्नेछु। यहाँहरुको माग पूरा गर्नका लागि हामी सक्षम हुनेछौँ।’
‘सरकारले सहजीकरण गर्नुपर्छ’
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्नु नहुने बताएका छन्। सरकारले आगामी दिनमा चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताए।
नेता बस्नेतले त्यहाँका स्थानीयहरूले झिटीगुन्टाको सुविधाका बारेमा नेपाल सरकार र चिनियाँ पक्षसँग कुराकानी गर्ने बताए। उनले साना, मझौला र ठूला व्यवसायीहरूलाई हुने गरेर सरकारले नाकाको व्यापार, व्यवसायलाई सहजीकरण गर्नेमा आशावादी रहेको उनको भनाइ छ।
उनले भने, ‘कोरोनाको नाममा अब पनि नेपालले गर्ने व्यापार, व्यवसाय र चीनले गर्ने व्यापार व्यवसाय साथै नाकामा हुने व्यापार, व्यवसाय रोकिनु हुँदैन। हामीलाई आशा छ कि अबको दिनमा नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार हुँदै जानेछ। नेपाली, व्यापारीहरूले पनि आत्महत्या गर्नुपर्ने अवस्था आउनेछैन।
पहिला त त्यहाँबाट यता ३२ किलोमिटरका बासिन्दाले झिटीगुन्टाको सुविधा पनि पाएका थिए। त्यो पनि अहिले पाएका छैनन्, त्यो सुविधाका बारेमा पनि हामी नेपाल पक्षसँग पनि कुरा गर्छौं र चिनियाँ पक्षले पनि सहयोग गर्छ।’
व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुने र नेपालमा बजार भाउ व्यवस्थापन हुने बताए।
‘यो व्यापार फस्टाउँदै गएको अवस्थामा त्यो पनि हुनसक्छ। सबैलाई हुने गरेर अब व्यापार, व्यवसाय अघि बढ्नका लागि यो सरकारले वातावरण बनाउन पहल गर्छ’, उनले भने, ‘व्यापारलाई व्यवस्थित गरेको खण्डमा दुई देशबीचको आर्थिक अवस्थामा पनि सहजीकरण हुँदै जाने, नेपाली पक्षको अवस्था राम्रो बन्नेछ। नाका राम्रोसँग सञ्चालन हुँदा नेपालमा बजार भाउ व्यवस्थापन हुनेछ।’
नाका सहज रूपमा सञ्चालन नहुँदा दशैँको सामान उतै अलपत्र परेको छ।
व्यापारीले मृत्यु रोजे
ज्ञापनपत्र बुझाएपछि हिमालपारि व्यापार संघका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताए।
समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेर कतिपय व्यापारीहरूले मृत्यु रोजेको उल्लेख गर्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गरे।
अध्यक्ष श्रेष्ठले नाका राम्रोसँग कोभिड १९ अघिको जस्तै आवतजावतको व्यवस्था गर्न आग्रह गरे। नाका सञ्चालन हुन नसक्दा व्यवसायीहरू नै पलायन बन्ने स्थिति सिर्जना भइरहेको भन्दै परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए।
ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका वि.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीहरूले राहत पाउने बताए।
परराष्ट्रमन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको उनले बताए। अध्यक्ष बस्नेतले व्यवसायीहरू आफ्नो लगानी डुब्ने अवस्थामा रहेको चिन्तित भएको भन्दै नाका सञ्चालनबारे पहल गरिदिन आग्रह गरे।
पहिला दैनिक २ सयको हाराहारीमा मालवाहक सवारी ओहोरदोहोर गर्ने गरेको तर अहिले दिनमा १२ वटासम्म सवारी मुस्किलले सञ्चालन हुँदा कोही पनि व्यवसायी व्यापार गरेर बस्नसक्ने अवस्था नरहेको गुनासो गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam