गठबन्धनका शीर्ष नेता निरन्तर छलफलमा, अडान यथावत्
काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बिहानदेखि जारी छ। सिट बाँडफाँटको लागि चलेको बैठक सकारात्मक दिशामा अघि बढेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
उनले भने, ‘छलफल जारी छ। सहमतिनजिक पुगेको छौँ। दलहरू लचिलो हुनुको विकल्प छैन। तर, सबैको अडान छ। दलहरूको अडानको विषयमा हामीले दुई पक्षीय र त्रिपक्षीय वार्ता गरिरहेका छौँ।’
सबै समस्या समाधान गरेर निष्कर्ष निकाल्ने उनले दाबी गरे। उनले आजै निर्णय आउनसक्ने सम्भावना कम भएको समेत बताए।
आइतबारको बैठकमा सिट बाँडफाँट कार्यदल पेश गरेको प्रतिवेदनमाथि छलफल भएको थियो। सोही प्रतिवेदनलाई आधार मानेर सहमति जुटाउने प्रयास भइरहेको छ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam