महाभियोग सिफारिश समितिको प्रवक्तामा गौतम

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको महाभियोग सिफारिश समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ। 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाभियोग छानबिन गर्न गठित सो समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

समितिको काम कारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

सबै राजनीतिक दलका प्रतिनिधि भएकाले हुनाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद समितिमा नभएको पनि उनले स्पष्ट पारे। नेता विश्वकर्माले भने, ‘सञ्चारकर्मी साथीहरूले समितिका सदस्यहरूसँग समितिको बारेमा र समितिको काम कारबाहीको बारेमा लिएका सूचनाको विषयलाई लिएर विभिन्न किसिमका अंशमा प्रशारण गरिएका सूचनाले भ्रम सृजना गरेको हुनाले समितिको सूचना एकद्वार प्रणालीबाट जाओस् भनेर समितिका सचिव लक्ष्मीप्रसाद गौतमलाई प्रवक्ता तोक्ने निर्णय हामीले गर्‍यो। प्रवक्ता तोक्ने विषयमा विवाद भएन। हामी सबै राजनीतिक दलहरूबाट प्रतिनिधित्व गर्ने हुनाले समितिको सचिवलाई तोक्दा निर्विवाद हुन्छ भनेर प्रस्ताव गरियो। त्यसमा विवाद भएन।’

बैठकमा समितिको सूचना गलत ढंगले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको थियो।

TOP