कराेडौंको याेजना यस क्षेत्रमा ल्याएकाे छु : सांसद शाह
कपिलवस्तु । निर्वाचनका बेला देखिने नेताहरुलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ । पचीसाैं बर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहिन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि आफ्नाे पहुँच र सहकार्यले बिकासका विभिन्न याेजनाहरु सम्पन्न गराएकाे सांसद अभिषेक प्रताप शाहले बताउनुभयाे ।
सांसद शाह भन्नुहुन्छ – माओवादी द्वन्द्वकालपछि ०६४ र ०७० काे संविधान सभा निर्वाचनमा राज्य संविधान बनाउन केन्द्रित रहेकाेले बिकास निर्माणमा पर्याप्त बजेट खर्च गर्न सकिएकाे थिएन । २०७४ सालकाे प्रतिनिधि सभा निर्वाचन भएपछि केपी ओली नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीकाे पुर्ण बहुमतकाे सरकार बन्याे । कम्युनिस्ट सरकारले आफ्नाे कार्यकर्ता पाल्ने र देशलाई ऋणकाे भारि बाेकाउने काम मात्र गर्याे ।
निरङ्कुश बन्दै गएकाे ओली सरकारले संविधानलाई च्यालेन्ज दिदै दुई दुई पटक संसद विघटन समेत गर्याे । जसकाे प्रत्यक्ष असर देशकाे आर्थिक अवस्थामा पर्याे र बिकास निर्माणका अधिकांश याेजना शिथिल बन्दै गए । सर्वाेच्च अदालतले संसद पुनर्गठन गरेपछि कांग्रेस नेतृत्वमा बनेकाे सरकारले डेढ बर्षमा छिमेकी राष्ट्रसंगकाे सम्बन्ध सुधार लगायत विदेशी लगानी पनि भित्र्याउन सफल भयाे ।
कांग्रेस नेतृत्वकाे सरकारमा कपिलवस्तु क्षेत्र ३ मा लगभग सय कराेडभन्दा बढीका याेजना संचालनमा छन । निर्वाचित भएपछि आफ्नाे क्षेत्रकाे विद्यालयमा शिक्षा र स्वास्थ क्षेत्रमा सुधार , बाटाे घाटाे र पुलपुलेसाे निर्माण , काेराेनाका बेला आवश्यक राहत लगायत यस क्षेत्रका नागरिककाे जनजिवन उकास्न आवश्यक रहेकाे नेपाल-भारत बन्द सिमा समेत खुलाएकाे सांसद शाहले बताउनुभयाे ।
काेराेनाका बेला केपी ओलीकाे सरकारले विभिन्न बहाना बनाई सिमामा कडाई गराएर नेपाली जनतालाई सास्ती गराएकाे कुरा कसैले विर्से छैन्न । लकडाउनका बेला हाम्रै क्षेत्रका माैसमी नेताहरु घरकाे दुलाेमा बसेका थिए त काेहि काठमाडौंमा आफ्नाे व्यवसाय चम्काउदै थिए तर शाह परिवार जहिलेपनि जनताकाे सुखदुखमा साथ उभिएको सांसद शाहकाे भनाई छ ।
सांसद शाह दुई पटक संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएका थिए भने हाल नेपाली कांग्रेसबाट क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य हुन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam