बहराइनसँग नेपालको फराकिलो हार
एसिया कप छनोटका लागि बहराइनमा रहेको नेपाली यू–२० टिम घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको छ। लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपालको छनोट सम्भावना सकिएको छ।
बहराइनस्थित शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सुरुवातबाटै दबाबमा परेको नेपाली युवा टिम पहिलो हाफमा नै १० खेलाडीमा सीमित भएको थियो। नेपाल खेलको २८ औं मिनेटमा अमर श्रेष्ठले बहाराइका खेलाडीलाई फल गरेपछि उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिएका हुन्।
बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई गोल गरे। कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले एक एक गोल गरे। पहिलो हाफमा दुई गोल गरेको बहराइनले दोस्रो हाफमा थप चार गोल गर्दै नेपालविरुद्व आधा दर्जन गोल पुर्याएको थियो।
जितसँगै समूह बी मा बहराइनले पहिलो जित निकाल्दै दुई खेलमा चार अंक बनाएको छ। नेपाल अंकविहीन अवस्थामा पुछारमा छ। अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्नेछ।
प्रतियोगितामा नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा कतारसँग ३–१ ले हारेको थियो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam