मौलिक हक उल्लंघन भयो भनेर माइतीघरमा जुलुस गर्नेले मोबाइल दर्ता गरे कि गरेनन् : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले एमडीएमएस प्रणाली ढिलै भएपनि सुरु गरेकोमा प्रशंसा गरेका छन्। 

पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, मोवाइलको कालो बजारी रोकिने र राजश्व चुहावट बन्द हुने मात्र होईन मोबाइल सेटहरुको सुरक्षा गर्ने एमडीएमएस प्रणाली निकै ढिलो शुरु भए पनि राम्रो हो। तर हाँसो के लाग्छ भने, दुई वर्ष अघि मोबाइल दर्ता गर्नु भनेको मौलिक हक उलंघन हो भनेर माइतीघरमा जुलुस बोलाउनेहरुले मोबाईल दर्ता गरे कि नाइॅं?’।

उनले आफ्नो पालामा मोबाइल दर्ता गर्नुपर्छ भन्दा मौलिक हक उलंघन भयो भनेर माइतीघरमा जुलुस गर्नेले दर्ता गरेकी गरेनन् भनेर व्यंग्य गरेका छन्। 

सरकारले हिजो एमडीएमएस प्रणाली सुरु गरेको छ। अब विदेशबाट ल्याइएका मोबाइल फोन अनिवार्य दर्ता गर्नुपर्नेछ।

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP