अझै लागू भएन सार्वजनिक सवारीमा विद्युतीय भुक्तानी प्रणाली
हेटौंडा : बागमती प्रदेश सरकारले ल्याएको यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा ढिलाइ भएको छ।
प्रदेश सरकारले गत आर्थिक वर्ष नै ल्याएको यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली अझै कार्यान्वयन नभएको हो। सरकारले गत आवमा बागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्ने तयारी थालेको थियो।
तर चालू आवको दुई महिना बितिसक्दा पनि सरकारले प्रदेशमा गुड्ने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयन गर्न सकेको छैन।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट मन्त्रालय फुटाएर श्रम, रोजगार तथा यातायात मन्त्रालय बनाएपछि मन्त्रालय स्थापनाको सय दिन पुगेको अवसरमा गत चैत १४ गते पत्रकार सम्मेलन गरी यातायातमन्त्री घनश्याम दाहालले प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सवारीसाधनमा विद्युतीय माध्यमबाट भाडा भुक्तानी प्रणालीको सेवा प्रदायक छनोट प्रक्रिया अगाडि बढाइएको बताएका थिए। तर ५ महिना पूरा हुँदासमेत मन्त्रालयले डिजिटल सेवा प्रदायक संस्था छनोट गर्न सकेको छैन।
यात्रुहरूले सार्वजनिक सवारी उपयोग गरेबापत प्रदेश सरकारले निर्धारण गरेको भाडा कार्ड वा विद्युतीय माध्यमबाट नगदरहित तरिकाले भुक्तानी गर्न सहज बनाउन प्रणाली कार्यान्वयन गर्न लागिएको हो।
सार्वजनिक सवारीसाधनको भाडा यात्राको दूरीका आधारमा कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्न यो प्रणाली लागू गर्न लागेको लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले जानकारी दिए।
यो प्रणाली लागू भएपछि प्रदेश सरकारले तोकेको भाडादर कार्यान्वयनमा आउने र सवारीधनीले बढी भाडा लिए भन्ने गुनासो हट्ने उनको भनाई छ। उनका अनुसार छिटो पैसा, खल्ती, फिनटेकलगायत सेवा प्रदायकका पाँचवटा प्राविधिक प्रस्ताव परेकामा दुईवटा प्रस्ताव २/२ कम्पनीले संयुक्त रूपमा दर्ता गरेका छन्।
मन्त्रालयले प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्न सेवा प्रदायक संस्था छनोट गरी सम्झौता भएपछि मन्त्रालयले तोकेको अवधिभित्र सवारीधनी वा व्यवस्थापकले आफ्नो सवारीसाधनमा प्रणाली जडान गर्नुपर्ने व्यवस्था गरिएको पोख्रेलले बताए।
प्रणाली जडान नगर्ने सवारीसाधनलाई मन्त्रालयले प्रणाली जडान नगरेसम्म सञ्चालनमा रोक लगाउन सक्नेछ। प्रदेश सरकारले एक वर्षअघि बनाएको प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली २०७८ मा व्यवस्था भएअनुसार सेवा प्रदायक छनोट गर्न मन्त्रालयले दुई पटक प्रस्ताव माग गरिसकेको छ।
गत चैत ९ गते नगदरहित विद्युतीय भुक्तानी प्रणाली लागू गर्न प्रस्तावक छनोट गर्न ३० दिने सूचना जारी गरेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पछि उक्त सूचना रद्द गरेको थियो।
मन्त्रालयले प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने प्रणाली लागू गर्न प्रस्ताव माग गरिएकामा प्रस्तावमा उल्लेख भएको शर्त र व्यवस्था अपुग भएको भन्दै विरोध भएको थियो।
मन्त्रालयले उक्त विषयमा थप अध्ययन, अनुसन्धान, परामर्श र तयारीका लागि भन्दै गत वैशाखमा रद्द गरी पछिल्लो पटक गत साउन १० गते प्रस्ताव माग गर्दै १५ दिने सूचना जारी गरेको थियो।
सेवा प्रदायकको प्राविधिक प्रस्तावमाथि छलफल भइरहेको र प्रस्ताव स्वीकृतिपछि आर्थिक प्रस्ताव आह्वान गर्ने प्रवक्ता पोख्रेलको भनाई छ। उनले प्राविधिक विषय भएकोले कार्यान्वयनमा ढिलाई भएको बताए।
मन्त्रालयले पछिल्लो पटक शर्तहरू थप गरी प्राविधिक प्रस्ताव आह्वान गरेको थियो। चालू आव ०७९/८० को बजेटमा समेत सवारी भाडा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ भन्ने उल्लेख छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam