आज मध्यरातदेखि निस्क्रिय हुँदै प्रतिनिधिसभा
काठमाडौं : २०७४ मा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजे सकिँदै छ।
मन्त्रिपरिषद्ले कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा विदाइ सम्बोधन राखेका छन् ।
शनिबार राति १२ बजेबाट बर्खे अधिवेशन अन्त्यसँगै प्रतिनिधिसभा निष्क्रिय हुनेछ। निर्वाचन आयोगले समानुपातिक बन्दसूचीसम्म कार्यकाल रहेको विगतको अभ्यासको आधारमा असोज १ सम्म कार्यकाल रहने जानकारी संसद् सचिवालयलाई दिएको छ। तर कार्यकाल कहिले सकिने भन्ने घोषणा सभामुखले गरेका छैनन्।
सदन सकिएलगत्तै सांसदहरू चुनावमा केन्द्रित हुनेछन्। प्रतिनिधिसभा निष्क्रिय भएसँगै यहाँ उत्पत्ति भएका विधेयक पनि निष्क्रिय भएका छन्।
०७४ मंसिर १० र २१ मा निर्वाचन भएर फागुन २१ मा कार्य प्रारम्भ गरेको संघीय संसद्ले यो कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा नागरिकतासहित १०२ कानुन बनाएको छ।
एमाले र माओवादीको वामगठबन्धनबाट दुईतिहाइ समीकरणमा सुरुवात भएको प्रतिनिधिसभाको कार्यकाल भने उतारचढावपूर्ण रह्यो । प्रतिनिधिसभाले दुईपटक विघटनको सामना गर्नुपर्यो। बहुमतसहित सरकारको नेतृत्व गरेको नेकपा फुटेर एमाले प्रतिपक्षमा पुगेपछि प्रतिनिधिसभाले महिनौँ अवरोध व्यहोर्नुपर्यो।
प्रतिनिधिसभाले यो कार्यकालमा दुई सभामुख र दुई उपसभामुख पायो । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले पद गुमाएपछि अग्नि सापकोटाले मौका पाए। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि लामो समय रिक्त रहेको उपसभामुखको जिम्मेवारी अन्त्यतिर कांग्रेस सचेतक पुष्पा भुसालले पाइन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam