राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन : उपेन्द्र यादव
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत केही मधेशी नेतालाई भुलभुलैयामा पार्न मात्रै नागरिकता विधेयक सम्बन्धी अध्यादेश ल्याएको बताएका छन्।
शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै सरकारले दुईपटक सदनबाट पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले भने, ‘अघिल्लो सरकारले अध्यादेशद्वारा नागरिकता दिने भन्यो। त्यसरी हुँदैन भन्ने थाहा थियो। हाम्रा केही मधेशी नेतालाई भुलभुलैयामा पार्नका लागि मात्रै अध्यादेश ल्याएको हो। केही साथीहरू भुलभुलैयामा पर्नुभयो तर पास भएन। त्यो राष्ट्रपतिबाट केही छिनमै प्रमाणीकरण हुन्छ तर संसद्ले पारित गरेर पठाएको त्यही भाषाको विधेयक दोस्रोपटक पनि अनुमोदन हुँदैन।’
कुनै पनि सदनले दोहोर्याएर पारित गरेपछि स्वतः ऐन बन्ने कुरामा सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए। संसद्ले पारित गरेर पठाएपछि राष्ट्रपतिले रोक्ने नमिल्ने उनको भनाइ छ।
‘संसद्ले पारित गर्दै जाने प्रमाणीकरण नहुने भए लोकतन्त्र के हुन्छ होला। यसले संघीय लोकतान्त्रिक गणतन्त्र नै खराबमा परेको छ’‚ उनले भने।
उनले आज पनि संविधान संशोधन गर्न आवश्यक भएको बताए। शासकीय स्वरूप र निर्वाचन प्रणालीमा छलफल गर्नुपर्ने वेला त्यसो हुन नसक्ने दुर्भाग्यको कुरा भएको उनको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वले दुईपटक संसद् विघटन गरेर इतिहासमा कायम भएको बताए। पाँचदलीय गठबन्धनले अहिलेसम्मको उपलब्धिको रक्षा गरेको दाबी गरे।
संघीय प्रणालीमा मुलुक गइसकेपछि एकात्मक सत्ता शक्तिको चिन्तनबाट मुलुक एक कदम अगाडि बढ्न नसकेको बताए। अहिलेसम्म संघीय निजामती ऐन कार्यान्वयन गर्न नसक्नु दुःखद भएको उनको भनाइ छ।
सरकारले नागरिकलाई नागरिकता नदिएर राज्यविहीन बनाएको उनले आरोप लगाए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam