बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति मुर्मु लण्डनमा
एजेन्सी । बेलायती महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति द्रोपदी मुर्मु लण्डन पुग्नुभएको छ । उहाँले अन्त्येष्टि समारोहमा सहभागी भइ भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुने छ । त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुने तयारी छ ।
एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ क्विशान सहभागी हुने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष प्रतिनिधिका रुपमा उहाँले सहभागिता जनाउनुहुने भएको हो ।
बेलायत सरकारले महारानीको अन्त्येष्टि समारोहमा विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको थियो । उहाँको अन्त्येष्टि भोलि लण्डनमा शोक समारोहकासाथ गर्ने तयारी छ । महारानी एलिजाबेथको गएको सेप्टेम्बर ९ तारिखमा (भदौ २४ गते) निधन भएको थियो ।
बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा बेलायतसहित धेरै देशले राष्ट्रिय शोक मनाउने घोषणा गरेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam