क्रान्ति र शान्ति दुबैको नेतृत्व गरेर मैले इतिहास कायम गरेँ : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश परिर्वतनका लागि क्रान्ति र शान्ति गर्ने सौभाग्य आफूले पाएका बताएका छन्।
सोलुखुम्बुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको बताएका हुन्।
उनले भने, ‘माओवादी पार्टी र आन्दोलनले नयाँ विचार जन्मायो। मलाई विद्रोह र क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौता गरेर क्रान्तिलाई शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौतापछि संविधान निर्माणमा नेतृत्व गर्ने जिम्मेवारी दिनुभयो।’
संघीयतापछि सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेको उनले दाबी गरे। उनले समाजवादीको परिकल्पना गर्दै गर्दा विकासको नयाँ मोडेलका साथ अगाडि बढेको उनले बताए।
‘संविधान बनेपछि त्यसलाई व्यवहारमा लागू गरेर विकास निर्माण गर्ने अवसर दिनुभयो। नेपालको इतिहासमा एउटै व्यक्तिलाई क्रान्ति, शान्ति, संविधान र संविधान कार्यान्वयनको नेतृत्व गर्ने सौभाग्य कमैले पाउँछन्।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam