भावी रणनीति बनाउन शान्त ठाउँ खोज्दै ओली लाँकुरी भञ्ज्याङमा

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन्। 

प्रदेश र प्रतिनिधिसभा चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने काम सकिएपछि ओली फुर्सद निकालेर मंगलबार लाँकुरी भञ्ज्याङ पुगेका हुन्। 

‘मैले अचानक नै सोचेको हुँ, आज धेरै सिरियस काम रहेन। सिरियस काम नरहेका बेला फेरि अर्को प्रकृतिको सिरियस काम गरिहालौँ।’ उनको सचिवालयले सार्वजनिक गरेको भिडियोमा ओलीले भनेका छन्, ‘केही सोच्ने कुरा, चिन्तन मनन गर्ने कुरा, स्वच्छ वातावरण प्रदूषणरहित डाँडामा बसेर केही भविष्यका योजनाहरु बनाउँ । केही रणनीतिहरु तय गरौं भनेर आएको हुँ।’

कहिले कहिले फुर्सद निकाल्नुपर्ने भन्दै उनले चाह्यो भने समय निकाल्न सकिने बताए । उनले आफूले काठमाडौं वरीपरीका डाँडाहरू घुमिसकेको पनि बताए।

‘साधारणतया मान्छेहरुले देख्दा रिसोर्ट डाँडाकाँडा घुमेको जस्तो देखिन्छ।’ ओलीले भने, ‘तर त्यसलाई मैले एकातिर आराम, अर्कातिर आनन्द अर्कातिर काम तीन वटै कुराको संयोजन गरिरहेको हुन्छु।’ 

TOP