ठूला पार्टीले स्वस्थ युवालाई बेचेर देश चलाउँछन् : अध्यक्ष लिङ्देन
सर्लाही : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्टीले स्वस्थ युवाहरूलाई बेचेर देश चलाइरहेको आरोप लगाएका छन्।
सर्लाहीको हरिवनमा भएको बृहत् पार्टी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै अहिले रोजगारीको नाममा स्वस्थ युवालाई विदेशमा बेचेर देश चलाइरहेको आरोप लगाएका हुन्।
उनले आफूलाई ठूलो पार्टी भन्नेहरूले गरिब जनताको छोराछोरीले दु:खले कमाएर पठाएको रेमिट्यान्सको पैसाले मोज गरिरहेको बताएका छन्।
स्वस्थ युवालाई रोजगारीको नाममा विदेश जान बाध्य बनाएर अहिले देशलाई रोगी र वृद्धवृद्धाको आश्रम बनाएको आरोपसमेत लगाए। ठूला पार्टीका नेताहरूले गर्दा देशमा बेरोजगारी, भ्रष्टाचार र बेथिति बढेका बताए।
सर्लाहीबाट जितेर गएका मन्त्री र उच्च ओहदामा पुग्दा पनि सर्लाहीको विकासको नाममा सिन्को नभाँचेको भन्दै आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको चुनावमा राम्रा उम्मेदवार पहिचान गरेर मात्र मतदान गर्न सर्लाहीबासीलाई आग्रह गरेका छन्।
विभिन्न प्रलोभनमा परेर हामीले पटक पटक खराब व्यक्तिलाई जिताएर पठाउँदा आज हामीले दुख भोग्नु परिरहेको उनले बताए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam