८७ प्वाइन्ट रगत सङ्कलन

चन्द्रौटा । कपिलवस्तुको चन्द्रौटामा भएको रक्तदान कार्यक्रममा ८७ प्वाइन्ट रगत सङ्कलन भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले रक्तदान स्वास्थ्यका लागी फाइदाजनक रहेकोले रगत दान गर्नु सामाजिक काम रहेको बताउनुभयो । रक्तदान कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, व्यापारी, शिक्षक, विद्यार्थी, मानवअधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतले रक्तदान गरेका थिए ।

संस्थाले आफ्नो व्यवसाय सँगै सामाजिक क्रियाकलाप गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा प्रमुख नारायण पौडेलले बताउनुभयो । अहिलेको आवश्यकता रक्तदान देखिएकोले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । सन नेपाल लाइफ इन्स्योरेन्सको देशभर ३० वटा शाखा १६१ उपशाखा ४० हजार भन्दा बढी अभि कर्ता ३ लाख बढी विमालेख रहेको बताउनुभयो । वार्षिकोत्सवको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल विन्ध्यवासिनी बाहिनी तथा वडा प्रहरी कार्यालयका प्रहरी जवानहरूले समेत रक्तदान गरेका थिए । रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको सह आयोजना, रक्तसञ्चार सेवा केन्द्र बुटवल , सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम भएको जनाइएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP