एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्छ : केपी ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारुढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन्। एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको उनको भनाइ थियो।

अध्यक्ष ओलीले सत्तारुढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले त्रिशुलीको भेलले बगाए जसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनु परेको जिकिरसमेत गरे।

राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको दाबी पनि उनले गरे।

उनले भने, ‘अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर पार्न सकेका छैनन्। अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाबिला गर्ने कुरा त्यही पनि उनीहरूको धनु कामेको छ एमाले देखेपछि। गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ। गठबन्धनको यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ‚ एमालेको भेलले बगाउँछ।’

ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियान अगाडि बढाउन सक्ने दोहोर्‍याए।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP