भीम रावलको जिल्लामा एकीकृत समाजवादी पार्टी नै एमालेमा समाहित

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलको जिल्ला अछामबाट नेकपा एकीकृत समाजवादी पार्टी कमिटी नै एमालेमा समाहित भएको छ। सोमबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमबाट सिंगो पार्टी कमिटी नै एमालेमा समाहित भएको हो।

एमाले महासचिव शंकर पोखरेलले जिल्ला कमिटीका पदाधिकारीसहित नेतालाई पार्टीमा स्वागत गरेका हुन्। अछाममा समाजवादीका अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्यीय कमिटी रहेको थियो। सिङ्गो कमिटी नै एमालेमा विलय भएको हो।

अछाम एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचक भीम रावलको गृहजिल्ला पनि हो। लामो समय माधव नेपाल निकट भएर काम गरेका नेता रावल पार्टी विभाजनको बेलामा १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए।

पार्टीको १० औँ महाधिवेशनमा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका नेता रावल अहिले पनि पार्टीभित्र राम्रो पकड राख्छन्।

TOP