ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु
खोटाङ : ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
सदरमुकाम दिक्तेलबाट खार्मी जाँदै गरेको ट्र्याक्टरबाट खसेर मंगलबार साँझ खार्मीका ५३ वर्षीय टेकबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
गाउँमा किनारा पसल गर्दै आएका राई सामान लिन दिक्तेल आएका थिए। दिक्तेलबाट प्र. १.०२.००३ त १४९२ नम्बरको ट्र्याक्टरमा सामान लिएर जाँदै गर्दा सोल्मा डाँडाटोलमा खसेर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो। अस्पताल ल्याउनेबित्तिकै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए।
बाटो अप्ठेरो भएका कारण गुड्दै गरेको ट्र्याक्टरबाट खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam