हतियार बुझाउन देशभरका स्थानीय प्रशासनको आग्रह

काठमाडौं : देशभरका विभिन्न जिल्लाका प्रशासन कार्यालयले हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न भन्दै हतियार बुझाउन भनेको हो।

प्रशासन कार्यालयहरूद्वारा आज जारी भएको सूचनामा आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त हतियार नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने भनिएको छ।बुझाइएको हतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता गरिने छ।

शुक्रबार नै सूचना जारी गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले भने असोज मसान्तसम्ममा हतियार बुझाउन निर्देशन दिएको छ। अटेर गरी समयमै हतियार नबुझाउनेलाई कारबाही गरिने चेतावनी स्थानीय प्रशासनले दिएको छ।

TOP