चुनाव खर्चकाे सीमा निर्धारण, प्रतिनिधि सभातर्फ ३३ लाख र प्रदेश सभातर्फ २३ लाख रुपैयाँसम्म
काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।
आयोगको आज आइतवार सम्पन्न बैठकले निर्वाचन क्षेत्रको क्षेत्रफल, मतदाता सङ्ख्या र मतदान केन्द्रलाई आधार बनाएर चुनावको खर्चको हद निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । आयोगले प्रतिनिधि सभामा बढीमा ३३ लाख र प्रदेश सभामा बढीमा लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका निर्वाचन क्षेत्रलाई पाँच वटा समूहमा वर्गीकरण गरेर त्यहीअनुसार खर्चको अधिकतम सीमा तोकेको हो । जसअनुसार प्रतिनिधि सभातर्फ २५ लाख, २७ लाख, २९ लाख, ३१ लाख, ३३ लाखसम्म खर्च गर्न पाइने गरी समूह विभाजन गरिएको छ । यस्तै प्रदेश सभाका निर्वाचन क्षेत्रतर्फ १५ लाख, १७ लाख, १९ लाख, २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी विभाजन गरिएको आयोगले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam