मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा, बाढीपहिरोसहित विपद्को जोखिम
काठमाडौं : बडादशैंको टीकाको तयारी भइरहँदा देशका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा भएको छ । दक्षिण–पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीको प्रभावले हिजो महानवमीदेखि लगातार पानी परिराखेको छ ।
लगातारको वर्षाले बाढीपहिरोसहित विपद्को जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले नवमीदेखि द्वादशीसम्म पानी पर्ने प्रक्षेपण गरेको छ । महाशाखाले गएरातिदेखि प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी बागमती लगायतका प्रदेशमा धेरै पानी परेको जनाएको छ ।
आज बडा दशैँको मुख्य दिनमा पनि देशका धरै स्थानमा भारी देखि धेरै भारी वर्षाको अनुमान गरिएको छ । आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा मधेश प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको आंकलन गरिएको छ । बाँकी स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पछिल्लो समयमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान लगायतका जिल्लामा भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ ।
भारी वर्ष भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन अनुरोध गरेको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam