पहिरोले पाइप बगाउँदा १८० घरधुरीमा खानेपानी समस्या
तनहुँ : अविरल वर्षाका कारण तनहुँका १८० घरधुरीका करिब ५०० परिवारमा खानेपानी आपूर्ति बन्द भएको छ।
व्यास नगरपालिका–७ ब्रिफ नरंगाफाँट खानेपानी उपभोक्ता समितिले वितरण गर्दै आएको पाइप पहिराले क्षति बनाएपछि दुई दिनदेखि खानेपानी सेवा बन्द भएको हो।
बाढी र पहिराले खानेपानीको पाइप बगाएकाले पानी ल्याउन नसकिएको समितिले जनाएको छ। जतिसक्दो चाँडो पानी ल्याउन उपभोक्ता समितिले पहल गरिरहेको समितिका सचिव गणेश वाग्लेले बताए।
त्यसैगरी वडा नं १ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानीको पाइपमा पनि क्षति पुगेको छ।व्यास नगरपालिका–१३ स्थित खिरखादी मुहानको मुख्य लाइनको पाइप फुटेकोले पानी वितरणमा समस्या भएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए।
समितिले व्यास नगरपालिका–१ का दुई हजार ६०० घरधुरीमा पानी वितरण गर्दै आएको थियो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam