विप्लव नेतृत्वको नेकपाको ९ औं महाधिवेशन सुरु
काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको ९ औं महाधिवेशन मंगलबारबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको छ । मुलुकका विभिन्न जिल्ला, भारतलगायत देशबाट प्रतिनिधि महाधिवेशनमा आएका छन् ।
काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेसन गर्न लागेको हो । सात दिनसम्म चल्ने महाधिवेशनमा महासचिव चन्दले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संशोधित विधान पारित गर्ने केन्द्रीय सदस्य भेषराज भुसालले जानकारी दिनुभयो ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द समूहले नयाँ पार्टी गठन गरेको थियो । तर चन्द समूह पनि विभाजित भइसकेको छ । विप्लव समूहले आगामी मंसिरको निर्वाचन बहिष्कारको नीति लिएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam