प्रतिनिधिसभामा भिड्दैछन् ८० काटेका यी १० उम्मेदवार
काठमाडौं : ८० वर्ष काटेका १० जना उम्मेदवार आसन्न प्रतिनिसिभा निर्वाचनमा भिड्ने भएका छन्। निर्वाचन आयोगले मंगलवार प्रकाशन गरेको उम्मेदवारको सूचीअनुसार ८० कटेका र ९९ वर्षसम्मका १० उम्मेदवार चुनावी मैदानमा छन्।
८० वर्ष पुगिसकेका लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर यसपटक पनि उम्मेदवार छन्। यस्तै राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी पनि ८० वर्ष पुगिसकेका उम्मेदवार हुन्। यस्तै स्तन्त्र उम्मेदवार हरिनारयण वर पनि ८० वर्षका छन्।
स्वतन्त्र उम्मेदवार कृष्णराज गिरी ८१ वर्ष छन्। यस्तै स्वतन्त्र उम्मेदवार पशुपतिनाथ तिमिल्सिना र कर्णसिंह रावल ८४ वर्षका छन्। माओवादी केन्द्रका महिन्द्र राय यादव र स्वतन्त्र उम्मेदवारी दिएका विष्णुप्रसाद ढकाल ८५ वर्षका छन्।
८७ वर्षीय युवराज गौतमले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। यस्तै नेपाली कांग्रेस बीपीबाट ९९ वर्ष टीकादत्त पोखरेल उम्मेदवार बनेका छन्।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam