च्याम्पियन्स लिग : सिटी बराबरीमा रोकियो
एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ। समूह जीको आफ्नो चौथो खेलमा १० खेलाडीमा समेटिएको सिटीले डेनिस क्लब एफसी कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो।
सिटीले खेलमा सुरुवातमा नै गोल गरे पनि उक्त गोलले मान्यता पाएन्। लगतै पेनल्टीमा २५ औ मिनेटमा रिहाद महारेज चुक्दा सिटीले सम्भावित अग्रता गुमाएको थियो।
यही समूहमा सेभिया डर्टमन्डलाई पराजित गर्न असफल भएसँगै सिटी बराबरीका बाबजुत नकआउट चरणमा प्रवेश गरेको हो। नर्वेजियन स्टार हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले गोलका लागि निकै राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन्।
खेलपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हालान्ड साउथहेम्टन विरुद्धको खेलमा थाकेको तथा पुर्ण स्वस्थ नरहेकाले टिममा नराखेको बताएका थिए। उनले भने, ‘हिजो उनी स्वस्थ थिएन। आज केही राम्रो भएको छ। तर पूर्ण स्वस्थ भएको छैन। त्यसैले उनीमाथि रिक्स लिने कुरो भएन।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam