च्याम्पियन्स लिगमा बायर्न प्रि–क्वाटर फाइनलमा : बार्सिलोना र इन्टर मिलानले बराबरी खेले
काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एक/एक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल गरे ।
जितसँगै समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । यो समूहको अर्को खेलमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेलेका छन् । बार्सिलोना र इन्टर मिलानले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
बराबरीको यो नतिजाले बार्सिलोनालाई अर्को चरणमा पुग्न कठिन बनाएको छ । यो समूहमा मिलानको ७ तथा बार्सिलोनाको ४ अङ्क छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam