जसपाका चारै मन्त्री बर्खास्त, सबै मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्ने
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चारै जना मन्त्रीलाई बर्खास्त गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका चारै जना मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषी तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव पदमुक्त भएका हुन्।
सत्ता गठबन्धनबाट बाहिरिएर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले चारै मन्त्रीलाई हटाएका हुन्। राजीनामा दिन नमानेपछि प्रधानमन्त्रीले उनीहरुलाई बर्खास्त गरेको बालुवाटार स्रोतले जनाएको छ।
यसैबीच, राष्ट्रपति भण्डारीले रिक्त कानुन मन्त्रालयको जिम्मेवारी संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam