ओनसरी घर्तीलाई विकासमन्त्री बनाउँछु : प्रचण्ड
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं निर्वाचन क्षेत्र २ बाट एकजनालाई विकास मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंमा आइतबार आयोजित काठमाडौं क्षेत्र २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभामा उनले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले धेरै पहिलाबाट नै हँसिया हथौडा र रुखलाई एक बनाइसकेको पनि बताए।
‘प्रतिनिधिसभा सदस्य उम्मेदवार ओनसरीले यहाँ वाचा गर्नुभएका कुरा पूरा गर्नेमा मलाई विश्वास छ। घर्तीलाई यहाँबाट निर्वाचित गराउनुस्। उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरूको अगाडि पठाउनेछौँ’, प्रचण्डले भने।
उनले अबको देशको प्रमुख एजेण्डा विकास‚ निर्माण र समृद्धि हुने दाबी गरे। उनले अब पनि आर्थिक क्रान्तिको अभियानलाई एकसूत्रीय रुपमा अघि बढाउन नसके राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन नसकिने जिकिर गरे।
अध्यक्ष दाहालले आर्थिक क्रान्तिको अभियानलाई एक सूत्रीय रुपमा अघि बढाउन नसके स्थायित्व नआउने र देश निरंकुशता र अराजकताको भूमरीमा फस्ने दाबीसमेत गरे। उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र २ बाट गठबन्धनका उम्मेदवारहरूलाई जिताएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्ने अवसर प्रदान गर्न मतदाताहरूसँग आग्रह गरे।
‘विकास निर्माण र समृद्धि नै अब हाम्रो मुख्य एजेण्डा हुनेछ। हामीले आर्थिक क्रान्तिको अभियानलाई एक सूत्रीय रुपमा अघि बढाउन सकेनौँ भने राजनीतिक परिवर्तनलाई पनि दिगो बनाउन सकिँदैन। स्थायित्व पनि नआउने र देश जहिले पनि निरंकुशता र अराजकताको भूमरिमा फस्ने कुरा रही नै राख्छ। म काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरूलाई के भन्छु भने अब हाम्रो ऐतिहासिक दायित्व भनेको आर्थिक समृद्धिको एउटा नयाँ क्रान्तितिर अघि बढाउनु हो’, उनले भने, ‘त्यसको निम्ति सचेत मतदाताले नयाँ रेकर्ड बनाउनुहुनेछ। त्यसरी मात्रै इतिहासबाट शिक्षा लिएर राज्य र जनताको पक्षमा निरन्तर प्रगति गर्न सक्नेछौँ।’
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam