पश्चिमी वायु सक्रिय हुँदा चिसो बढ्यो

काठमाडौं : उपत्यकासहित देशभर चिसो महशुस हुन थालेको छ। मौसमविद्ले मनसुन बाहिरिए पनि केही दिनयता पश्चिमी वायु सक्रिय रहेकाले बिहान बेलुकी चिसो महशुस भएको बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् हिरा भट्टराईका अनुसार पश्चिमी वायुको प्रभावले केही दिन केही प्रदेशहरुमा फाट्टफुट्ट वर्षासँगै देशभर चिसो हुने छ। यो क्रम दुई तीन दिनपछि कम हुने भए पनि न्यानो भने नहुने उनले बताए। देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली छ। 

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

बाँकी  स्थानमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP