कांग्रेस जिल्ला सभापतिहरुको आरोपः सीमा अतिक्रमण जस्तो विषयमा सरकार गम्भीर भएन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सीमा अतिक्रमणका विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। सभापतिहरुले सीमा अतिक्रमण जस्तो गम्भीर विषयमा थाहै नपाएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद रहेको टिप्पणी पनि गरेका छन्।
साथै, सकारको नीति तथा कार्यक्रम ‘हावादारी’ भएको सभापतिहरुको ठहर छ। आज (शनिबार) १३ जिल्ला सभापतिहरुले गरेको अनलाइन छलफलमा नीति तथा कार्यक्रम जनताका जनजीविकाका सवालमा मौन रहेको भन्दै हावादारीको संज्ञा दिएका हुन् ।
यसैगरी जिल्ला सभापतिहरुले संकटको यस घडीमा काँग्रेसको भूमिका अझै प्रभावकारी बनाउन उनीहरुले केन्द्रीय नेतृत्वलाई समेत आग्रह गरेका छन् ।
जनताको स्वास्थ्य जस्तो संवेदनशील कुरालाई लिएर सरकारले गरेका गम्भीर त्रुटिलाई काँग्रेसले सहमति मात्रै नजनाएर खबरदारी गर्न उनीहरुले केन्द्रीय नेतृत्वलाई आग्रह गरेका छन् ।
उनीहरुले लकडाउनले मात्रै समस्या समाधान हुन नसक्ने भन्दै पीसीआर परीक्षणलाई व्यापक बनाउन पनि सरकारसँग माग गरेका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


