सत्ता गठबन्धनले आज पोखरा र बुटवलमा संयुक्त चुनावी सभा गर्ने
काठमाडौं : सत्ता गठबन्धनले आजदेखि सातै प्रदेशमा संयुक्त चुनावी सभाको आयोजना गर्दैछ। ’संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर गठबन्धनले सबै प्रदेशमा संयुक्त चुनावी सभा गर्न लागेको हो।
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज पोखरा र बुटवलमा सभा हुने छ। पोखरामा बिहान ११ बजे र दिउँसो २ बजे बुटवलमा सभाको आयोजना गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वपधानमन्त्री माधवकुमार नेपाल, जनमोर्चा तथा लोसपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रशिक्षणमा सबै पार्टीका प्रदेशमा उपलब्ध नेताहरु, प्रदेशस्तरीय नेता कार्यकर्ताहरु तथा उम्मेदारहरुको सहभागीता रहने छ। आजदेखि कात्तिक ७ गतेसम्म हुने सबै प्रदेशका चुनावी सभामा गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।
पूर्वनिधारित कार्यक्रम अनुसार भोलि प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा राखिएको छ। कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा ७ गते काठमाडौंमा चुनावी सभाको आयोजना गरिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam