बैंकमा वृद्धभत्ता बुझ्न चिसो भुइँमा बसेर पालो कुर्नुपर्ने!
सुर्खेत : जाजरकोटको भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता लिन यहाँका ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको छ।
बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ता बुझ्न सडकको भुइँमा बसेर पालो कुर्न बाध्य भएका हुन्। शुक्रबार सिटिजन्स बैंकमा पैसा बुझ्न पुगेका जेष्ठ नागरिक चिसो भुइँमा बसेर प्रतीक्षा गरिरहेका देखिन्थे।
तीन घण्टा भन्दा बढी हिँडेर आएका उनीहरूले पालो नपाउँदा भुइँमा बसेर कुर्नुपरेको हो। भेरी १ रिम्नाकी पबी रानाले भत्ता घरमा ल्याएर बुझाइदिने गरे यति धेरै दु:ख नहुने बताए।
बुढेसकालमा भत्ता बुझ्न बैंकमा आएर लाइन लाग्नुपर्ने, ठाउँ नभएर सडकमा बस्नु पर्ने अवस्था हुनु दुःखद भएको उनको भनाइ छ। अर्का ज्येष्ठ नागरिक रामबहादुर ओलीले बैंकले बस्ने व्यवस्था नगर्दा समस्या खेप्नु परेको बताए।
सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिँदै आएको म्यानेजर टर्जन अधिकारीले बताए। एकै पटक धेरै व्यक्ति आएकाले समस्या भएको उनले बताए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam