कांग्रेसका मतदातालाई देउवाले भने- हँसिया हथौडा र कलममा भोट हाल्न गाह्रो नमान्नुस्
विराटनगर : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन देश विकास र संविधानको रक्षाका निम्ति भएको बताएका छन्। विराटनगरमा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलामा सम्बोधन गर्दै देउवाले आफ्ना मतदाताहरूलाई रूख चिन्ह नभएका ठाउँमा हँसिया हथौडा र कलममा भोट हाल्न अनुरोध गरे।
उनले अगाडि भने, ‘ म आफूले त हँसिया हथौडामा भोट हालिसकेको छु। तपाईंहरू पनि रूख नभएका ठाउँमा हँसिया हथौडामा भोट हाल्न गाह्रो नमान्नुहोला। उनले रुख भएको ठाउँमा रुखमा नभएको ठाउमा हँसिया हथौड़ा कलममा भोट हालेर गठबन्धनका उम्मेदवारहरूलाई जिताउनसमेत आग्रह गरे।
सभापति देउवाले अहिलेको आफूहरूको गठबन्धन जनताको हितका लागि गरिएको दाबी गरे। लोकतन्त्र र गणतन्त्रलाई रक्षा गर्न गठबन्धनलाई भोट दिन पनि उनले आग्रह गरे।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam