प्रिमियर लिग : हालान्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
घरेलु मैदान इतिहादमा भएको खेलमा ब्राइटनलाई ३–१ ले हराउँदै सिटीले अङ्क तालिकामा आर्सनलसँगको दूरी घटाएको छ । खेलको २२औँ मिनेटमा एर्लिंग हालान्डले पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
४३औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफमा ब्राइटनका ट्रोसार्डले गोल गरे । तर ७५औँ मिनेटमा केभिन डी ब्रुएनाले थप गोल गरेपछि सिटी ३–१ ले विजयी भयो । जितसँगै म्यानचेस्टर सिटी ११ खेलबाट २६ अङ्कसहित अङ्कतालिकाको दोश्रो स्थानमा छ ।
तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलको २७ अङ्क छ । हिजो भएको खेलमा नटिङ्घम फरेस्टसँग लिभरपुल १–० ले पराजित भएको छ । त्यस्तै एभर्टनले क्रिस्टल प्यालेसलाई ३–० गोलले हरायो।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam