दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी
दाङ – दाङको घोराहीमा तीन वटा फर्निचर उद्योगमा आगलागी भएको छ ।
गएराति घोराहीको सहिद उमेश मार्ग रोडमा रहेको तीन वटा फर्निचरमा आगो लागेपछि पूर्ण रूपमा क्षति भएको छ ।
न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राति १२ बजेदेखि सुरु भएको आगो आज बिहान साढे ४ बजे निभाइएको थियो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो निभाइएको हो ।
लक्ष्मी पूजाको अवसरमा बालिएको दियोबाट आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान छ । क्षतिको विवरण सङकलन भैरहेको प्रहरीले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam