तिहार नेपालको विशिष्ट मौलिक पर्व : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले तिहार नेपालको विशिष्ट मौलिक पर्व भएको बताएका छन्।
तिहारको अवसरमा शुभकामना दिँदै देउवाले यो पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको स्नेहसमेत प्रगाढ बनाउन मद्दत पुर्याएको बताएका छन्।
तिहारको अवसरमा खेलिने देउसी भैलोलगायत साँस्कृतिक नाचगानले समाजमा शान्ति, सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको उनको सन्देशमा उल्लेख छ।
उनले तिहार–२०७९, नेपाल संवत् ११४३, म्हपूजा तथा किजापूजाको शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका कामना गरेका छन्।
प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam