कर्णालीमा २७६ निर्वाचनस्थल अतिसंवेदनशील
सुर्खेत : कर्णाली प्रदेशका २७६ निर्वाचन स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
जिल्लाको निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार रुकुम पश्चिमका २१, कालिकोटमा ७४, डोल्पामा २३, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको हो।
समितिका अनुसार सात जिल्लाका ३२५ मतदानस्थल संवेदनशील रहेका छन्, जसमध्ये रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।
प्रदेशभर १३८ वटा मतदानस्थल सामान्य रहेका छन् । कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर ९३३ मतदानस्थल र एक हजार ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार ४०३ मतदाता छन्।
कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगले अन्य ६ जिल्लामा समानुपातिकतर्फको मतपत्र पुगिसकेको बताएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam