‘नाे नट अगेन’ समेतका फेसबुक पेज/ग्रुप हटाउन आयोगको निर्देशन
काठमाण्डाै – निर्वाचन आयोगले उम्मेदवारबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/दृश्य सामग्री प्रकाशन गरेकाे भन्दै फेसबुक पेज/ग्रुपप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
आज मङ्गलवार एक विज्ञप्ति निकालेर आयाेगले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नाे नट अगेन’ समेतका फेसबुक पेज/ग्रुपबाट प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको आयाेगले जनाएकाे हाे ।
झुटा फेसबुक पेज/ग्रुप बनाएर नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।
यी कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै झुटा फेसबुक पेज/ग्रुप हटाउन पनि आयाेगले सचेत गराएकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam