टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
काठमाण्डाै – टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ ।
सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो ।
त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्रभावित हुँदा अङ्क बाँडेको थियो । आजको दोस्रो खेल इङ्ल्यान्ड र न्युजिल्यान्डबीच दिउँसो पौने २ बजे सुरु हुनेछ। तीन खेलमा ५ अङ्ककासाथ न्युजिल्यान्ड शीर्ष स्थानमा छ । समान खेलमा ३ अङ्ककासाथ इङ्ल्यान्ड अङ्क तालिकामा तेस्रो स्थानमा छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam