पूर्व स्वीकृतबिना कामदार पठाउन खोज्ने म्यानपावरमा विभागको छापा
काठमाडौं : वैदेशिक रोजगार विभागले मागपत्र र पूर्व स्वीकृतविना नेपाली कामदार पठाउन खोज्ने म्यानपावर कम्पनीमा छापा मारेको छ। सोमबार टर्कीका विभिन्न कम्पनीमा ड्राइभरका लागि पठाउने भन्दै अन्तर्वार्ता भइरहेको अवस्थामा छापा मारेको विभागले जनाएको छ।
कामदारलाई अन्तर्वार्ता र ट्रायल गराई विदेश पठाउन लागेको सूचनाको आधारमा छापा मारिएको थियो। टर्की पठाउन खोजिरहेको मास्टर जब प्रालिमा विभागले छापा मारेको हो।
छापा मारेर महत्त्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको विभागका सूचना अधिकारी कुष्णप्रसाद भुसालले जानकारी दिए। छापा मार्ने क्रममा ३० जनासँग अन्तर्वार्ता लिइरहेको थियो। विभागको टोलीले त्यस सम्बन्धी कागजात बरामद गरी आवश्यक कारबाहीका लागि थप अनुसन्धान गरिरहेको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam