काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए। बहसका क्रममा आफूहरुले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास समक्ष गरेको अधिवक्ता सापकोटाले बताए।
पीडित भनिकी किशोरीका तर्फबाट चार जना सरकारी वकिलसहित केही अन्य कानुन व्यवसायीले पनि बहस गरेका थिए। उनीहरुले सन्दीपले राति एउट कोठामा बसेको स्वीकार गरिसकेको भन्दै अन्य घटना प्रमाण तथा बयानका आधारमा बलात्कार पुष्टि हुने जिकिर गरेका थिए।
आज बहस सकिएपछि अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश दिनेछ। सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले आफूलाई बलात्कार गरेको भन्दै भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।
त्यतिबेला क्रिकेट प्रतियोगिताका लागि विदेशमा रहेका आरोपी सन्दीप असोज २० गते स्वदेश फर्किएदेखि प्रहरी हिरासतमा छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam