काठमाडौं : एशियाली विकास बैंक (एडिबी) ले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधार गर्न लगानी गर्ने भएको छ। यसका लागि नेपाल र एडिबीबीच सोमबार सम्झौता भएको छ।
अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडिबीका नेपाल निर्देशक अर्नौड काउक्विइसबीच पहाडी क्षेत्रमा ओखर र फलफूलको खेती सुधारका लागि लगानी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार एडिबीले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रूपैयाँ अनुदान दिने भएको छ।
परियोजनाका लागि एडिबीले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपालले करिब १ अर्ब ८८ करोड रूपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख छ।
ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन्। खराब मौसम पनि सहन सक्ने ओखर र फलफूलका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाउने सहमति भएको छ।
हस्ताक्षर कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्करले विगतदेखि निरन्तर रुपमा एडिबीले सहयोग गर्दै आएको सम्झँदै अझै सहयोगको अपेक्षा राखेको बताए। उनले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधारका लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्याएर छिटै काम शुरु गर्ने पनि बताए।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam