काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ।
आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।
जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।
आज भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता र पराजित मधेश उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्। गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सशस्त्र प्रहरीको नेपाल एपिएफ सेमिफाइनल पुगिसकेको छ।
पहिलो सेमिफाइनल खेल पर्सी बिहीबार मधेश र एपिएफबीच कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुनेछ।
बिहीबार नै हुने दोस्रो सेमिफाइनलमा पुलिस र आर्मी मूलपानी क्रिकेट मैदानमा खेल्ने छन्। फाइनल भने शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे शुरु हुनेछ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam