सुर्खेत : ढुवानी समस्याका कारण हुम्ला जिल्ला अस्पतालमा औषधी अभाव भएको छ। नयाँ आर्थिक वर्षमा औषधि खरिद तथा प्रदेशबाट आपूर्ति नहुँदा अभाव भएको हो।
सिमकोट गाउँपालिका–८ का अनिल शाहीले अस्पतालमा औषधी नपाएपछि समस्यामा परेको बताइन्। अस्पतालमा भर्ना भएर उपचार गरिरहेका बिरामीले पनि औषधी बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाइन् । ‘सात जना बिरामी अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन्’, उनले भनिन्, ‘तर सबैले औषधि भने बाहिरबाट महँगोमा किनेर उपचार गर्नुपर्ने अवस्था छ।’
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले अस्पतालमा पनि औषधी नभएको बताए। अस्पतालको भण्डारमा औषधी नभएपछि बिरामीको जाँच गरेर अन्यत्र पठाउनुपर्ने अवस्था रहेको उनले बताए । उनले शल्यक्रिया गर्दा र प्रसूति गराउँदा आवश्यक औषधी नभएको बताए। यस्तै दम, निमोनिया, अन्य दीर्घरोगीका बिरामीका लागि आवश्यक पर्ने औषधी पनि अस्पतालसँग नभएको जानकारी दिए। ‘सिटामोल समेत केही दिनमै अभाव हुने अवस्थामा छ’, उनले भने।
नेपालगञ्ज विमानस्थलमा सात क्विन्टल अत्यावश्यकदेखि सबै औषधी खरिद गरेर राखिएको भए पनि ढुवानी हुन सकेको अस्पतालले बताएको छएयरलाइन्सहरूसँग हारगुहार गर्दा पनि हालसम्म ढुवानी गर्न नमानेको सिंहले बताए। ‘प्रदेश आपूर्ति केन्द्र सुर्खेतसँग दुई महिना अगाडि ७५ प्रकारका औषधि माग गरेर पठाएपनि अहिलेसम्म आएको छैन’, उनले भने। अस्पतालमा हालसम्म अघिल्लो आर्थिक वर्षको औषधीले काम चलाइरहेको उनको भनाइ छ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam