अन्तर्राष्ट्रिय मुद्रा कोषले बङ्लादेशलाई ४ अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने
एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बङ्लादेशलाई ४ अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यसँग जुध्न यो सहायता प्याकेज उपलब्ध गराउने प्रारम्भिक सम्झौता भएको आईएमएफले जनाएको छ ।
रूसले युक्रेनमा आक्रमण थालेपछि मूल्यमा भएको तीव्र वृद्धिका कारण अरु एसियाली अर्थतन्त्रसँग मिल्दोजुल्दो बङ्लादेश पनि प्रभावित भएको छ । झण्डै १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली देश बङ्लादेशले यस वर्षको सुरुमा आईएमएफसँग सहयोग अनुरोध गरेको थियो ।
पछिल्लो समय बङ्लादेशी मुद्रा (टाका) को मूल्य २५ प्रतिशतले घटेको छ । युक्रेनमा रूसको आक्रमणका कारण बङ्लादेशको आर्थिक पुनरूत्थानमा अवरोध पुगेको आईएमएफका टोली प्रमुख राहुल आनन्दले बताउनुभएको छ ।
बङ्लादेशले चालु खाता घाटा, विदेशी मुद्रा सञ्चितिमा गिरावट, बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिसँगै जलवायु परिवर्तनको समस्या पनि भोग्दै आएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam